- गोबिन्द रिजाल
जानि बेचिदिन्छु, नजानि बेचिदिन्छु
एकदिन त यो जिन्दगानि बेचिदिन्छु ।
कतिदिन रहने हो संगालेरै राखे पनि
बाँच्नुछ केही दिन जवानी बेचिदिन्छु ।।
जो जस सँग जे छ त्यही बेच्ने न हो
यो आँखामा बचेको पानी बेचिदिन्छु ।।
अझै बाँकि छ भने तिर्न ऋण कसैको
मुटु राख्छु र धितो निशानि बेचिदिन्छु ।।
तिमी हुन्छौं भने खुसि मेरो दुख पढेरै
कीन बजारमा मेरो कहानि बेचिदिन्छु ।।
मुटु राख्छु र धितो निशानि बेचिदिन्छु
अब एकदिन त जिन्दगानि बेचिदिन्छु ।।
प्रमुख जिल्ला अधिकारी दाङ