श्रावण ३२, काठमाडौं । आज शनिबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। यस्तै राती देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
मौसम विश्लेषण
मनसुनको न्यून चापिय रेखा औसत स्थानको आसपासमा रहेको छ | साथै भारतको उत्तर-पूर्वी राजस्थान तथाहरियानातिर निम्न चापिय प्रणाली अवस्थित छ |
देशभर समग्र मौसमको अवस्था
हाल देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमि पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित वर्षा भइरहेको अवस्था छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
मौसम पूर्वानुमान शाखाका अनुसार देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक बृद्धी हुन सक्ने भएकोले नदी आसपासमा रहनेहरु सतर्क रहनुहोला। यसका साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले पहाडी भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।