- महेन्द्र सिंह
साउन १, नेपालगन्ज । सरकारको बिरोधमा नेपालगन्जका व्यापार ब्याबसायहरु आज सबै बन्द भएका छन् ।
साउन १ गतेबाट लागु गरिने नयाँ आर्थिक प्रावधानको बिरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका नेपालगञ्जका उद्योगी, व्यवसायीले सरकारको बिरोध गर्दै आज बुधबार नेपालगन्जका सबै पसल लगायत बजार बन्द गरेका हुन् ।नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श, बाँके व्यवसायीक मुद्दामा एक ठाउँ उभिएका छन् ।
यसअघि पनि नेपालगन्ज उधोग बाणिज्य संघ लगायतका संस्थाहरुले बिरोध गर्दै आएका छन् ।