असार २, भक्तपुर । अपहरण तथा शरीर बन्दक मुद्धामा फरार अभियुक्त चागुँनारायण नगरपालिका-८ सुडाल बस्ने ४० वर्षीय काजु सिलवाल र ताथली बस्ने झापा दमक नगरपालिका घर भएका २५ वर्षीय सन्तोष लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जागातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-९ ताथली हलाल गाउँबाट उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।