धर्म सुनार, बाजुरा
असार २, बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा मुक्त हलियाको न्यायिक पर्नस्थापन हाम्रो अधिकार, सामाजिक न्याय र मानव अधिकार हाम्रो सरोकार भन्ने मुल नाराका साथ मुक्त हलिया पुर्नस्थापनको बर्तमान अवस्था, समस्या र चुनौतिका बारेमो अन्र्तत्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालबिर शार्किको अध्यक्षतामा संञ्चालन गरीएको अन्र्तक्रिया कार्यक्रममा बुढीनन्दा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष दलबहादुर भाट प्रमुख अतिथि रहनुभएको थियो ।
स्थानीय तह र सरोकार वालालाइ हलियाको सवालमा साझा बुझाइ गराउने र नगरसभामा छुट हलियाको नितिगत निर्यण गराउने र शिक्ष स्वास्थ्य,रोजगारी, सिवविकासका लागी बजेट विनुयोजन गाराउने उदश्यमा अन्तरक्रिया कार्यक्रम गरेको राष्ट्रिय हलिया माहा संघ द्धरा संचालित साहस परियोजना कार्यक्रमका संयोजक तथा अधिवक्त हरिसिंह बोहरा ले बताउनु भयो । जिल्ला हलिया समाज का उपध्यक्ष हिक्मत ओडले स्वागत मन्तब्य राख्नुभएको अन्र्तक्रिया कार्यक्रम संयोजक हरिशिहं बोहोराले कार्यक्रमको उद्देश्य सहित आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने अधिकासं सहभागिहरुले बाजुरामा बास्तबिक हलियाका नाममा आएको रकम हलियाहरुले नपाएको र केहि रकम दुरुपयोग भएको बताएका छन । नगरपालिकाका प्राबिधिक ईन्जिनिएर र ओभरसियरले हलियाहरुका घरहरुको एमबि, स्टामेट उठाए बाफत प्रत्यक हलियाहरु बाट एकसयको बिल रसिद दिएर एक हजार रुपैयां शुल्क लिने गरेकोमा घोर आपत्ति जनाएका छन । यसको छानबिन गर्न राष्ट्रि«य मुक्त हलिया महासंघलाई आग्रह समेत गरीएको हलियाहरुले बताएका छन ।
एच आर सि बाजुराका स्थानिय कार्यक्रम संयोजक खडक सिंहंले हलियाको नाममा बलियाको रजाई भएकोमा अव हलियाहरुले एक भएर लाग्न जरुरी भएको बताउदै उहाँले हलियाका लागि एच आर सि बाजुराले सक्दो सहयोग गर्ने बताउनुभएको छ । तेस्तै पीसविन बाजुरा सुसाशन कार्यक्रम संयोजक जयलाल बिकले हलियाका नाममा आएको रकममा राजनितिकरण भएको र बास्तबिक हलियाका हातबाट हलो छुटाउने काम नेपाल सरकार र सामाजिक अभियान्ताले नगरेको प्रति दुख ब्यक्त गर्नुभएको छ ।
जयलाल बिकले संञ्चालन गुर्नभएको सो अन्तक्र्रिया कार्यक्रममा वडा नं १० का अध्यक्ष सतबीर बोहोरा राष्ट्रिय हलिया माहा संघ द्धरा संचालित साहस परियोजना कार्यक्रमका संयोजक तथा अधिवक्त हरिसिंह बोहरा, लेखा अधिकृत गणेश ताम्राकार, ललमकधय कार्यक्रम संयोजक रोशन खड्का, कार्यपालिका सदस्य ईश्वरी बि.क, पिसविन सुशाशन कार्यक्रम संयोजक जयलाल बिक, एच आर सि बाजुरा स्थानिय कार्यक्रम संयोजक खडक सिंहं लगायत अतिथि रहनुभएको थियो । अन्र्तक्रिया कार्यक्रममा ५० बढी स्थानियको उल्लेख सहभागिता रहेको थियो ।