• २०८० असोज ४ गते बिहिवार

माधव नेपाल गुठी विधेयकबारे काठमाडौँबाट निर्वाचित सांसदहरुसँग छलफल

पढ्न लाग्ने समय : १ मिनेट

असार २, काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री एवम् काठमाडौँ–२ का सांसद माधवकुमार नेपालले प्रस्तावित गुठी विधेयकका बारेमा काठमाडौँबाट निर्वाचित सांसदहरुसँग सोमबार दिउँसो सिंहदबारस्थित कृषि समितिका हलमा छलफल गरेका छन् ।

सोमबार दिउँसो सिंहदबारस्थित कृषि समितिका हलमा भएको छलफलमा सांसदहरुले विधेयकले जनताको सांस्कृतिक भावनामाथि चोट पुर्याउने देखिएकाले उनीहरुमा आक्रोश पैदा भएको भन्दै तत्काल फिर्ता लिन पहल गर्न आग्रह गरेका छन् ।

छलफलमा उपत्यकाबाट निर्वाचित नेकपाका अधिकांश सांसद सहभागी भएको थिए । उनीहरुले विधेयक स्थगन वा संशोधन गरेर मात्रै नहुने भन्दै हाललाई फिर्ता लिनुपर्ने धारणा राखेका थिए । सरोकारवालाहरुसँग व्यापक छलफलपछि मात्रै गुठी विधेयक अघि बढाउन सुझाव दिएको छलफलमा सहभागी एक सांसदले बताए ।

प्रतिक्रिया दिनुहोस