• २०८० मङ्सिर १५ गते शुक्रवार

कुकुर र बादर आतंक

पढ्न लाग्ने समय : २ मिनेट

असार २, काठमाडौं । अहिले दिनहुजसो विभिन्न सन्चार माध्याममा देसका विभिन्न ठाउमा भुस्याहा कुकुर र बादर आतन्कले जनजिवन अस्तब्यस्त भएको खबर पढ्न र सुन्नमा आएका छन ।

एकातिर बादरले किसानले लगाएको अन्नबाली लगाएत घरमा थन्क्याएको अन्नसमेत नष्ट गरि मानिसहरुलाइ दैनिक जनजिवनमा कष्ट दिइरहेका छन भने अर्कोतिर गल्लिमा हिड्ने भुस्याहा कुकुरले घरपालुवा जनावरलगाएत मानिसहरुलाइ टोकेर बिचल्ली पारेको अवस्था छ । यसरी अन्न्य जनावर तथा मानिसहरुलाइ आंतकित पारी बहुलाहा कुकुरले टोक्दा सहरबजारमा त भलै हस्पिटल नजिक हुन्छ र पहुच पुग्ला तर बिकट गाउका बस्तिहरुमा भने हस्पिटलको पहुच नपुगेर समयमा नै रेबिजको भ्याक्सिन लगाउन नपाउदा कयौ मानिस र घरपालुवा जनावर मृत्युको मुखमा पुग्न बाध्य भएका छन । यसर्थ घरमा पालिएका कुकुरहरुलाइ बार्षिकरुपमा घर धनिले नै रेबिज बिरुद्दको भ्याक्सिन लगाइ घर कम्पाउन्ड भन्दा बाहिर जन नदिने र गल्लिमा हिड्ने भुस्याहा कुकुरको हकमा स्थानिय सरकारसग आबस्यक सर सल्लाहा लिएर सम्बन्धित टोल बिशेषका मानिसहरु मिलि यस्ता बग्रेल्ल्ती रुमलिएर हिड्ने भुस्याहा कुकुर र बादरलाइ नियन्त्रणमा लिइ आबस्यक ब्यबस्थापन गर्न अत्यन्त जरुरी देखिएको छ । अन्न्यथा निकट भविस्यमा नै यस्ता किसिमका आतन्कले मानवलगाएत पालिएका जनावरहरुमासमेत ज्यान जाने सम्भावना बढ्ने देखिएको छ । काठमान्डुको उत्तरी भेगमा अति रमणिय स्थलको रुपमा अबस्थित तारकेस्वर नगरपालिका अन्तर्गत रहेका विभिन्न वडामा हालै भएकको कुकुर आतक र लामबगरमा धेरै सख्यामा आएका बहुला कुकुरहरुले अन्न्य कुकुरहरु र घरमा पालिएका गाइलाइ टोक्दा उक्त जनावरहरुको ज्यान गएकोले अहिले यहाको जनजिवन निकै आतन्कित भएको छ ।

त्यसैले तारकेस्वर नगरपालिका लगायत उपत्यकाका अन्य नगरपालिकाहरुले पनि जनताको दैनिक जिवनमा पर्न जाने नकारात्मक असरलाइ मध्यनजर राखी यस्ता भुस्याहा कुकुर नियन्त्रण गर्नको लागि आबस्यक कारबाही अगाडि बढाउनुपर्ने देखिन्छ र आम जनमानसको अपेक्षा पनि यहि छ ।

प्रतिक्रिया दिनुहोस