जेठ ३, रोल्पा । लुङग्री गाउँपालिका १ ऐप भन्ने स्थानबाट कटुवा पेस्तोल १ थान, थ्रीनटथ्री राईफलको गोली १४ राउण्ड, गोली ११ राउण्ड, सकेट बम १ थान र खुकुरी १ थान सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रोल्पाबाट पक्राउ पर्नेहरुमा सोही गाउँपालिका बस्ने ४२ वर्षीय धन बहादुर खत्री, थवाङ गाउँपालिका २ बस्ने ५२ वर्षीय जय बहादुर रोका र लुङग्री गाउँपालिका २ बस्ने ४२ वर्षीय भुपेन्द्र खडका रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।