• २०८० असोज १७ गते बुधवार

वस्ती वस्तीमा सुनिलस्मृति गाउँपालिका अध्यक्ष : घर्ती

पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ ३,रोल्पा । गाउँपालिका नियमित कार्यक्रम अनुसार सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले वस्ती वस्तीमा अध्यक्ष कार्यक्रम वडा नं. २ हिले, गोगनपानी र खलसिंगेका वस्तीका जनताहरुसँग भेटघाट तथा छलफल गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष घर्ती वडा सदस्य मदन गिरी सहित अध्यक्ष सो स्थान पुग्नुभएको हो । त्यहाँका जनताका असिमित मागहरु अध्यक्ष घर्तीले नजिकबाट बुझि जनताका मागहरुको समाधानका प्रकृयाहरुलाई अगाडि समेत बढाउनुभएको छ, वडा नम्वर २ हिले अवस्थित भिमबहादुर गिरीको लडेर मेरुदण्ड भाचिएर उपचारपछि घरमै रहनुभएको र उहाँको मागमा रहेको २ क्वाइल २० mm को पाइप भोलि नै गिरीको घरमा पठाइदिने र हुइलचियर केहिदिन भित्र पुराइदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ साथै कमजोर आर्थीक अवस्थाका कारण घर निर्माण पछि पलाष्टिकले छोपि राखेको अवस्थामा रहेको घरलाई ओत लगाउन नसकेका विर प्रताप सिह विकलाई सुरक्षित आवासको लागि जस्तापाता भोलिनै गाउँपालिकाले उपलब्ध गराउने र गाउँपालिका आएर जस्तापाता लिइ सुरक्षित घर बनाइ सुरक्षित घरमा वस्नुस अध्यक्ष घर्तीले विकलाई भन्नुभयो ।

त्यसैगरि खलसिङ्गेका जनताको मुख्य माग भनेको गाउँमा बाटोको आवश्यक रहेकोले सो मागलाई अध्यक्ष घर्तीले यसै वर्ष वस्तिमा बाटो पुराइदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कृषि क्षेत्रमा चाहाना भएका कृषकहरुलाई वोएर वोका विउविजन टनेल र कृषि औजारहरु उपलब्ध गराउने समेत अध्यक्ष घर्तीले बताउनुभयो । वस्ती वस्तीमा अध्यक्ष कार्यक्रमकै क्रममा अध्यक्ष घर्तीले राम ज्योति प्राथमिक विद्यालय खलसिंगेको विद्यालय समेत अनुगमन गर्नुभएको छ ।

अनुगमनको क्रममा देखिको समस्यालाइ टिपोट गरि समस्याहरुलाई क्रमागत रुपमा पुरागरिदिने र विद्यालय प्रशासन क्षेत्रलाई अझै प्रभावकारी बनाउन प्रध्यानाध्यापकलाई निर्देशन समेत दिनुभयो ।

त्यसैगरि वडा नं. २ का वडा सदस्य मदन गिरीको कलष्टर रहेका सो क्षेत्रका जनताहरुको माग र गुनासाहरु जनतासंग सँगै रहेर अध्यक्ष घर्तीलाई राख्नु भयो भने अध्यक्ष घर्तीले आउदा दिनहरुमा तपाईहरुका केहि गुनासो भए वडा सदस्य मदन गिरीलाई भन्नुस उहाँलाई भन्नु भनेको नै मलाई भन्ने जस्तै हो अध्यक्ष घर्तीले छलफलमा सहभागीहरुलाई जानकारी गराउनुभएको छ ।

हेर्नुहोस अनुगमनका थप तस्बिरहरु :  

प्रतिक्रिया दिनुहोस