जेठ ३, काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएकले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र शंकास्पद रहेकाले छानबिन गरी पाउँ भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज प्रहरी नायव उपरीक्षक बाबुराम अधिकारीको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको प्रमाणपत्र आइ.कम. तहको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको हो । उनले नियुक्ति पाउने उद्देश्यले सोही नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भएका थिए ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग राखि आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।