• २०७९ साउन २७ गते शुक्रवार

घरायसी विवादमा गोली चल्दा एकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, पर्सा ।घरायसी विवादमा भाइले चलाएको पेस्तोलको गोली लागेर घाइते भएका जिराभवानी गाउँपालिकाका ४८ वर्षीय शेष फारुकको मृत्यु भएको छ । घरायसी विवाद हुँदा जिराभवानी १ महादेवपट्टीको बलुवाका शेषलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख सेराजुद्धिन पेस्तोलले हानेका थिए ।

दाहिने पाखुरा छेडेर छातीमुनी गोली लागेका शेषलाई वीरगञ्जको नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगञ्जकै नेशनल मेडिकल कलेजमा रेफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नहुने भएपछि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंतर्फ लैजाने क्रममा शुक्रबार बिहान ३ बजेतिर उनको मृत्यु भएको हो ।

प्रहरीले शेख सेरामुद्धिनबाट कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस