• २०७९ भाद्र ३ गते शुक्रवार

सुन्धारामा ट्यांकरको ठक्करबाट एकजनाको मृत्यु, एकजना घाइते

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौं । सुन्धारास्थित काठमाडौं मल नजिक ना २ ख ४२२२ नम्बरको ट्यांकरले बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार काँडाघारीकी २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको छ ।

मोटरसाइकल चालक रामशरण केसी घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस