जेठ ३, काठमाडौं । नेपाल प्रहरीले अनैतिक त्रियाकलापमा संलग्नको आरोपमा गोंगबु नयाँ बसपार्क क्षेत्रबाट २८ जनालाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेत्रका खाजाघर तथा रेष्टुरेन्टबाट अनैतिक क्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार साँझ पक्रेको हो । पक्राउ पर्नेमा १५ पुरुष र १३ महिला छन् ।महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले गोंगबु स्थानीयको गुनासोका आधारमा प्रहरीले छापा मारेको बताए ।