जेष्ठ ३ काठमाडौं । आज देशभरीको मौसममा बदली आउने छ भने पहाडी र तराईका केही भागमा मेघ गर्जन सहित वर्ष हुनेछ ।
आज दिउँसो देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम आंशिक बदलि हुने देखिन्छ। देशका पहाडी भु- भागका थोरै स्थानमा र तराईका १-२ स्थानहरुमा अपरान्ह पश्चात मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति देशका पश्चिमि भु-भाग लगायत पूर्वि र मध्य पहाडि भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पश्चिमि भु-भाग तथा पूर्वि र मध्य पहाडि भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।