जेठ ३, काठमाडौं । मदनकुमार भण्डारी नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी का नेता थिए।
जनआन्दोलन २०४६मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो। लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन मदन भण्डारीले गरेका थिए ।
उन्को..सुरुवाती जीवन.. मदनकुमार भण्डारीको जन्म २००९ साल आषाढ १४ गते जून २७, १९५२ मा ृ२े पूर्वाञ्चलको ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको हो। पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिँला छोराको रूपमा क्षेत्री परिवारमा भण्डारीको जन्म भयो । उनको प्रारम्भिक शिक्षा जन्मथलोबाटै सुरू भयो। वि।सं। २०१५ साल गाउँमै एउटा हिउँदे पाठशाला (जुन वर्षायाममा बन्द हुन्थ्यो) बाट औपचारिक शिक्षातर्फ प्रवेश गर्ने भण्डारी अप्ठेरा पाठहरू भए पनि दुईपटक आफ्नो कानमा परेपछि सधैँका लागि कण्ठ गर्नसक्ने र बाल्यकालमै चण्डी कण्ठाग्र गर्ने गर्नाले उनी जिल्लाभर चर्चित भए, यद्यपि उनले अक्षरहरू चिनिसकेका थिएनन्। उनका बुबा गाउँका थराना गर्ने (गाउँलेहरूले दिएको सुब्बाको मान) पाएकाले माया पाए, दुःख भएन। हिलो धूलोमा पढ्न पनि परेन। वि.सं. २०२३मा गाउँमा उपलब्ध पढाई सके।
२०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा सर्यो। उनी भारतको मथुरामा अध्ययन गर्न गए। दुई वर्ष मथुरामा बिताएपछि २०२८मा देहरादुनबाट बनारस पुगेका भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरे।
राजनीतिक जीवन
२०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका हुन्। २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्यो। त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रीत थिए भने भण्डारी केन्द्रीय सदस्य थिए। २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भए।
अन्याय सहन नसक्ने उहाँको आफ्नैखालको बिद्रोही स्वभाव, विषयवस्तुको उच्चतम् ज्ञानको आधार, साहित्य र सिर्जनामार्फत नविन चिन्तनको विकासले उनलाई बनारसमा सङ्गठित रूपमा क्रियाशील राजनीतिककर्मीहरूसँग नजीकिने वातावरण बनायो।
२०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरियो। त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले)को स्थापना हुनुभन्दा पूर्वको ुको अर्डीनेशन केन्द्रमा आवद्ध भई मुक्तिमोर्चा समूहलाई नै त्यसमा विलय गराइयो। २०३५सालमा नेकपा (माले) स्थापना भयो र उनी केन्द्रिय सदस्य बने ।
२०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव बने। २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी(लेनिनवादी)को महासचिव बने।
२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए।
व्यक्तिगत जीवन
उनको विवाह २०३९ सालमा विद्या पाण्डेसँग भयो। उनीहरूबाट उषाकिरण र निशाकुसुम नामका दुइटी छोरीहरू जन्मिए।
मृत्यु
बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो। जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि शव भेटिएको थियो। यो घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि तीनले पनि वास्तविकता बाहिर ल्याउन सकेनन्।