• २०८० असोज ४ गते बिहिवार

किरण बाबुको “समय” ले छोटो समयमै बजारमा चर्चा बटुल्दै (भिडियो सहित )

पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ ३, काठमान्डौ । गीतकार तथा सर्जक किरण बाबु पुनको उत्कृष्ट लोक दोहोरी गीत “समय” बजारमा आएको छ । “समय” बोलको गीतमा चर्चित भारतीय गायिका संजीवनी र किरण बाबु पुनको आवाज रहेको छ भने लय तथा शब्द सृजना पनि किरण बाबु पुनकै रहेको छ।

उसो त किरण बाबु लोकदोहरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायकको रुपमा चिनिन्छन् । किरण बाबु पुनले ल्याउने गीतहरु प्राय माया प्रेम कै सब्द सजिएका गीतहरु दर्शक सामु ल्याउने गरेको पाइन्छ यसो भनिरहदा के किरण बाबुले माया माया प्रेम कै गीत मात्र गाउछन् त ?  प्रश्न उठ्न सक्छ त्यसो भने पक्कै हैन किरण बाबु पुनले माया प्रेम मात्र नभयर देश प्रेमी,प्रदेशीहरुको पिढा समिटिएका धेरै गीत हरुमा समेत काम गरिसकेका छन् । केहि महिना अघि मात्रै निकै राम्रो गित कृषि बाटै देश बिकास को सम्भव रहेको भन्ने भाब बोकेको गीत “कृषि बाटै समृद्ध नेपाल” बोलको गीत पनि बजारमा आइसकेको छ ।

करिब एक हजार बढि गीतमा काम गरिसकेका किरण बाबुका “तिम्रै लागी मर्न बाँकी छ,क्षितिज पारी उनको बस्तीमा,म पुजा गर्छु मायाको,यो मार्मिक सन्देश,आकर्षण,बाचा” लगयातका गीत दर्शकको धेरै मन जित्न् सफल भएका गितहरु हुन ।

रुकुम घर भै काठमान्डौमा गीत सङ्गितलाई कर्म बनाउदै निकै सङ्घर्श गर्दै आएका किरण बाबु पुनले निकै मिहेनत गरेर “समय” बोलको गीत दर्शक सामु लिएका छन् । “अरु गीत हरुलाई गरेको माया जस्तै “समय” गीतलाई पनि माया गर्दिनु हुनेछ भन्ने आशा लिएको छौ  khabar24nepal सङ्घ पुन ले भने दर्शक हरुको मायाले नै यो स्थानमा रहेको र दर्शकहरुलाइ सधै खुशी राख्ने बाचा गरेको छु र हजुर हरुले पनि हाम्रो गीतलाई माया गर्दिनुहुने छ भन्ने पुर्ण बिस्वास लिएको छु ।”

चर्चित निर्देशक बाबुराजा केसीले निर्देशन गरेको गीतको भिडियोलाई कृष्ण फिल्म्सले बजारमा ल्याएको हो । मधुर बस्नेतको छायांकन रहेको गीतको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका छन् । गीतको भिडियोमा प्रेम थापा र सुशिला थापाको अभिनय रहेको छ।

“समय” गित निकै पुरानो एउटा माया प्रेममा परेका जोडिहरुको कथालाई लिएर बनाईएको छ । गितमा सम्पुर्ण टिमले निकै परिश्रम गरेर गित तयार गरिएको छ । गीतले सबैको मन जितोस एउटा सफल गीतको रुप सबैले चिन्न सकुन यहि छ हाम्रो सुभकामना “समय” टिमलाई ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस