• २०८१ फाल्गुन ७ गते बुधवार

भ्रष्टाचार गर्ने जो कोहीलाई पनि नछाड्ने अख्तियार प्रमुख : गैरे

पढ्न लाग्ने समय : ४ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

जेठ ३, बाँके । बाँके जिल्लामा केही समय अघि सम्म अख्तियारको त्रास सेवाप्रदायक कार्यालयहरुमा ब्याप्त थियो। साता पिच्छेनै कुनै न कुनै कर्मचारीहरु घूस सहित पक्राउ पर्ने सिलसिला पनि जारि थियो। तर,अचेल के भइरहेको छ त ?

सेवाग्राहीले घूस दिएपनि अख्तियार कर्मचारीलाई जानकारि नदिने गरेको तथ्य बाहिर आएको छ। केही महिना अघि सम्म स्टिङ्ग अपरेसन गर्दै धमाधम घूस सहित कर्मचारी पक्राउ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिले चर्चामा आउन छाडेको छ । केही दिन अघि स्टिङ्ग अप्रेसन गर्ने क्रममा ३ लाख रकम सहित एक फरार भए पछी अख्तियारलाई गाह्रो भएको थियो । सेवाग्राही पनि आफ्नो आवश्यकता र सुबिधा अनुसार घूस दिएर काम गराउछन्, कसैलाई भन्नुको तुक नरहेको उनिहरुको ठम्याइ छ। तर अख्तियारका अधिकारिहरु भन्छन् ‘सेवाग्राहीले इमानदारीता देखाउन छाडेकोले काम गर्न कठिनाइ भएको हो ।

सरकारि कार्यालयमा स्टिङ्ग अपरेसनको तयारीमा रहेका अख्तियारका एक अधिकारिले भने ”अख्तियार सुस्ताएको होइन सेवाग्राहीले असहयोग गरेका हुन । हामी दिनहु ड्युटीमा भएपनि काम सफल हुदैन, हाम्रेै आँखा अगाडि घूस दिएको घटना हुन्छ,ती अधिकारिले भने, तर सेवाग्राहीले गुनासो र उजुरी गर्न मान्दैनन् ।”

बाँकेमा नेपालगन्ज भन्सार, उच्च अदालत नापि कार्यालय, मालपोत, जिल्ला प्रशासन, जिल्ला वन कार्यालय,नेपालगन्ज उपमहानगरपालिका, कोसेबालि विकास कार्यालय लमही, सडक बिभाग, दाङ नगरपालिका, राजपुर सतबरिया उच्च माद्यामिक बिद्यालय लगाएतमा अख्तियारले छापा हानेर घूस सहित कर्मचारीहरुलाइ पक्राउ गरेको छ। त्यस बाहेक भेरि अन्चल अस्पताल, पप्पु कन्स्ट्रक्सन लगाएतको कार्यालयबाट फाइल बुझेको अख्तियारले सन्तोषजनक कार्वाही नगरेपछि सेवाग्राही बिस्तारै सुचना दिनबाट पन्छिन थालेका हुन्।

”मैले सुचना दिएपनि सम्बन्धित निकायबाट कुनै कार्वाही भएन मुद्दा नै कमजोर पार्ने काम अख्तियारबाट भयो । ” एक सेवाग्राहीले भने ”अख्तियारको बिश्वसनियता कम र दोषीलाई कुनै कार्वाही नभएकाले उजुरी र जानकारी दिन छाडिएको हो।” नेपालगन्जका सेवाप्रदायक सरकारी निकायमा घूस दिएर काम लिनु सामान्य भइसकेको छ । न कसैले गुनासो गर्छ न कुनै निकायले कार्वाही नै। ”अख्तियार माथि भरोसा रहेन” नेपालगन्ज वडा नं १२ बस्ने जाबेद खानले भने “कार्वाहिको नाममा मुद्दा मिलाउने, प्रमाण मेटाउने र सेवाग्राहीलाई अनावश्यक फसाउने काम गरेकोले घूस दिनु नै उत्तम देखा परेको हो।”

बाँकेमा कोहलपुर नगरपालिका नगर बिकास नेपालगन्ज नापी कार्यालय सम्म स्टिङ्ग अपरेसन गरेर अख्तियारले सरकारी कर्मचारीलाइ घुस सहित पक्राउ गरेको बिषय अचेल सेलाउन थालेको छ। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगजका प्रमुख गणेश गैरेले अख्तियारले उत्तिकै गतिमा काम गरिरहेको दाबी गरेका छन्। ”पहिलो कुरो त इमानदारीता नै हो” कुराकानी गर्दै प्रमुख गैरेले भने ”हामी निरन्तर काम गरिरहेका छोैँ, तर स्टिङ्ग अपरेसनको चर्चा बढि हुने भएकोले त्यस्तो काम अहिले सफल हुन सकिरहेको छैन। अख्तियार सुतेको होइन र सुत्ने कार्यालय पनि होइन” खबर24नेपाल सङको कुराकानीमा अख्तियार प्रमुख गैरेले भने ”मुद्दा र उजुरि आउने प्रक्रिया थामी नसक्नु छ । स्टिङ्ग अपरेसनको तत्कालै चर्चा हुने भएकोले त्यो नहुदा अलि फितलो लाग्नु स्वभाविक हो,” उनले भने ”हामी मुद्दामा अनुसन्धान र कार्वाही गर्ने काम निरन्तर अघि बढाएकै छोैं। फिल्डमा अप्रेसन चलाउने कर्मचारी लागिरहेका छन्,” लामो कुरा गर्दै गैरेले भने ”सफलता हात नलाग्नुलाइ अस्वभाविक मान्न मिल्दैन। प्रयास गरेपछि कुनै न कुनै दिन सफलता प्राप्त हुन्छ नै” उनले भने। उत्तिकै जोस जाँगरका साथ काममा खटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता हुने क्रममा आश आएको छ। प्रमुख गैरेले भने , ”तर पनि हामी आफ्नो स्तरबाट अत्यधिक प्रयासमा लागेका छोैं।”

नेपालगन्ज क्षेत्रका केही सरकारी कार्यालयहरुमा आन्तरिक अनुसन्धान निगरानी भएको समेत प्रमुख गैरेले जानकारि दिए। स्टिङ्ग अप्रेशन सफल हुन सकेन, उनले भने, ”हामी र हाम्रो कर्मचारीहरु लागेको छन, चाँडै केही राम्रो खबर सु्न्न पाइन्छ।” केही जिल्लाहरुमा घूस सहित पक्राउ परेको समाचार आइरहदा दाङमा पनि टोलीले तीब्र रूपमा निगरानी गर्दै आएको बताउदै गैरेले भने “घुस लिने चाहे त्यो सानो रकम होस या ठुलो रकम होस भ्रष्टाचार गर्ने कोहीलाई पनि नछाड्ने बताए” । उनले “कसैले घुस मागे जनताहरुलाइ अख्तियारको १०७ नम्बरमा फोन गरेर सहयोग गर्न आव्हान गरे ।”

प्रतिक्रिया दिनुहोस