• २०७९ साउन २६ गते बिहिवार

तपाईको आज

पढ्न लाग्ने समय : २ मिनेट

वि. सं. २०७६ साल जेठ ३ गते। शुक्रबार। इश्वी सन् २०१९ मे १७ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– त्रयोदशी, ५स्३९ बजेदेखि चतुर्दशी, २८:०७ बजेउप्रान्त पूर्णिमा।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
प्रियजनसँगको भेटघाटले हुनेछ । दिन रमाइलो बन्नेछ भने घुमफिर तथा मनोरञ्जनको समय छ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
फाइदा हेर्दा नाम बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
मौका आए पनि पछिका लागि केही त्याग गर्नुपर्ला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
धेरै खर्च र ठूलो प्रयत्न गर्नुपरे पनि राम्रै उपलब्धि प्राप्त हुनेछ। चुनौती पन्छाउँदै सञ्चय गर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेका कर्मयोगबाट विशेष फल प्राप्त हुने समय छ। व्यापार बढ्नेछ भने रोकिएको काम बन्नेछ। साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
सानातिना व्यवहारमै अल्झनुपर्ला। आँटले काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द )
रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ।

प्रतिक्रिया दिनुहोस