• २०८२ जेष्ठ ७ गते मङ्गलवार

काठमाडौंबाट डलर साट्ने भनि ठगी गर्ने र लुटने कार्यमा संलग्न तीन जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ४, काठमाडौं । नयाँ बसपार्क, बालाजु, माछापोखरी, सामाखुसी र गौशाला क्षेत्रलाई मुख्य आधार क्षेत्र वनाई विदेशवाट फर्किएकाहरुसँग डलर लगायत अन्य विदेशी रकम बढिमा साटी दिने भनि ठगी गर्ने ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको छ ।

विदेशवाट फर्किएकाहरुसँग डलर लगायत अन्य विदेशी रकम साट्ने भन्दै उनीहरुले अगाडि पछाडि बण्डलमा सक्कली नोट राखि भित्रतर्फ कागज राखी साटन आए पछि रकम लिई उक्त वण्डल दिई भाग्ने गरेका थिए । पक्राउ पर्नहरुमा काठमाडौं नेपालटार बस्ने सिन्धुली दुधौलीका ३३ वर्षीय उमेश घिसिङ्ग, प्रेम घिसिङ्ग र जोरपाटी बस्ने सिन्धुली दुधौलीका ३० वर्षीय दानबहादुर तामाङ रहेका छन् ।

ठगी मुद्दामा पटक पटक पक्राउ परेका उमेश र प्रेम २ जना दाजुभाई हुन । उनिहरुले स्वयम्भूवाट ५ तोलाको औठी, सामाखुसीवाट ४६ हजार रुपैयाँ र गौशालावाट ४ लाख रुपैयाँ समेत लुटपाट गरको थिए ।

प्रतिक्रिया दिनुहोस