• २०८० मङ्सिर १६ गते शनिवार

जो रक्षक उहि भक्षक : अख्तियार कै कर्मचारी भ्रष्टाचारी

पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकार्री सेवा ग्राहिसंग घुस लिदैं गरेको अवस्थामा प्रकाउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान भै रहेको मुद्दा तामेलीमा राखीदिने भनी विभिन्न वहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग रू१,००,०००।–(एक लाख) घुसबापतको रकम माग गरेको प्रमाण सहित नियन्त्रणमा लिएको हो । बाटो ग्रावेल गर्दा अनियमितता गरेको भन्ने मुद्धा आयोगमा विचाराधीन अवस्थामा रहेकोमा त्यसलाई मिलाई दिन भनि घुस रकम लिएका हुन ।

यसैगरी उनले चन्दननाथ उच्च माध्यमिक विद्यालयका शिक्षक विरुद्ध आयोगमा शैक्षिक प्रमाणपत्र सम्बन्धी उजुरी परी अनुसन्धान भइरहेकोमा निज शिक्षकबाट रु.१४,८०० रुपैया घुस लिएको पनि खुल्न आएको छ ।

यस्तै जन्म अधिकारीले आफूले नपाएको ओहोदा पाएं भनी अरुलाई विश्वासमा पारी बदनियतपूर्वक आफूले गैरकानूनी तवरबाट फाइदा लिने गरेको पनि खुल्न आएको छ । आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिनियर प्रहरी निरीक्षक हुँ भनी आफ्नो फेसबुकमा राख्ने एवं प्रहरी नायव निरीक्षक र प्रहरी निरीक्षक हुँ  भनि ठग्ने गरेको पनि देखिएकाले उनि विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस