• २०८० असोज ४ गते बिहिवार

सेल्फी लिँदा एकको मृत्यु, अर्का एक गम्भीर घाइते

पढ्न लाग्ने समय : १ मिनेट

घटना भारतको छत्तीसगढको दन्तेवाडा जिल्लाको रहेको छ । गीदम ब्लक स्थित तुमनार गाउँका तीन साथि सुभरनाथ, सनित र तामेश्वर गत बुधबार बाइकमा फूलपाड झरना घुम्न गएका थिए ।

उत्साहित तीनै जना झरनाको माथिल्लो भागमा पुगेपछि होस् नपुर्याउंदा घटना घटेको थियो । झरनाको माथिल्लो भाग पुगेर सुभरनाथ र सनित सेल्फी लिंदै थिए । सोहि क्रममा चिप्लिएर दुवै जना तल खसेर घाइते भए ।

संगै रहेका तामेश्वरले घाइते दुई साथीलाई स्थानीयको सहयोगमा अस्पताल त पुर्याए तर सुभरनाथ बच्न सकेनन् । उनका अर्का साथी सनितको हाल उपचार भैरहेको छ ।

हाल सनितको स्वास्थ्य सुधार हुँदै गएको बताइएको छ । श्रोतका अनुसार सुभरनाथ, सनित र तामेश्वर तीन मिल्ने साथि थिए । तर सेल्फी लिने क्रममा गरिएको लापरवाहीले भुल्न नसक्ने पिडा पाए ।

प्रतिक्रिया दिनुहोस