• २०८० असोज ११ गते बिहिवार

हेटौँडा–नारायणगढ सडक खण्ड अवरुद्ध

पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, मकवानपुर । हेटौँडा उपमहानगरपालिका–३ र १९ को सिमाना लेवट तीनताप्केमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। भत्किएको सडकको मर्मत नगरी सडक कर मात्र उठाएको भन्दै स्थानीयहरुले राजमार्गअन्तर्गत हेटौँडा–नारायनगढ सडकखण्डको तीनताप्केमा सडक अबरूद्ध गरेका हुन्।

एक महिना अघि १५ दिनमा बाटो कालोपत्रे गर्ने सहमति भए पनि कालोपत्रे नभएकाले स्थानीय बासीले राजमार्ग अवरूद्ध गरेका हुन। राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमै अलपत्र परेका छन्। ठेकेदार र सडक कार्यालयको लापरवाहीका कारण आफुहरुले दुःख पाएको भन्दै यात्रुहरुले आक्रोश पोखेका छन्। करिब ५०० मिटर क्षेत्रमा सडकमा ठूल–ठूला खाल्डा रहेकाले दुर्घटना अधिक हुने गरेको स्थानीयको भनाइ छ। कालोपत्रे नहुँदा त्यस क्षेत्र सधैं धुलाम्मे हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस