चैत ३, पाँचथर । जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ स्थित डाँडेको रमिते भन्ने भीरमा लागेको आगो गाउँमा फैलिँदा ६ घर जलेर नष्ट भएका छन् ।
गएराति लागेको आगोले मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा, वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा र धनप्रसाद पालुङवाको घर जलेर नष्ट भएको हो ।आगलागी भएका घरमध्ये मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा र वेदमाया पौड्यालको घर पूर्णरूपमा जलेको छ । आगलागीका कारण के कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन ।जङ्गलको आगो नियन्त्रणका लागि स्थानीयवासी, इलाका प्रहरी कार्यालय गोपेटार, इलाका प्रहरी कार्यालय अमरपुर, जिल्ला प्रहरी कार्यालय फिदिम, विष्णु दल गण जोरपोखरीबाट गएको टोलीले प्रयास गरी रहेपनि नियन्त्रणमा आउन सकेको छैन ।
अहिले आगो पूर्वी क्षेत्र वनपाला जङ्गलतर्फ मोडिएको छ ।