चैत ३, काठमाडौं । टिकटकबाट भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाको अभिनय रहेको पहिलो म्युजिक भिडियो “हाम्रो माया जिन्दाबाद” सार्वजनिक भएको छ।
उक्त गीतमा शिशिर भण्डारी र बिन्दु परियारको स्वर रहेको छ। गीतमा सङ्गीत दीपक सिलवालको रहेको छ भने शब्द शिशिर भण्डारीले लेखेका हुन्। म्युजिक भिडियोमा अरु दुई जुम्ल्याहा दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ र शरद थापा र बसन्त थापा देखिएका छन्।
हेर्नुस् भिडियो