• २०८१ माघ ८ गते मङ्गलवार

‘खम्बेले’ सुटिङ स्थलमानै मनाए जन्मदिन

पढ्न लाग्ने समय : २ मिनेट

काठमाडौँ : कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दारका निर्माता निर्देशक तथा चर्चित कलाकार इन्द्र दोङ्ग लामा खम्बेले आफ्नो जन्मदिन “हर्के हल्दारको सुटिङ स्थलमानै मनाएका छन् l

काठमाडौँको धर्मस्थलीमा आफ्नै सुटिङ स्टुडियोमा सम्पूर्ण कलाकार युनिट, समाजसेवी, आफन्तजन, संचारकर्मी लगायत अन्य शुभचिन्तकहरुको साथमा केक काटेर उनले आफ्नो जन्मदिन मनाएका थिए l उक्त जन्मदिनको अबसरमा उनलाई लाइफ बेकरिले जन्मदिनको केक उपलब्ध गराएको थियो lउनि बिगत डेढ दशक देखि कलाकारिता क्षेत्रमा लागेर आम नेपाली दर्शकहरुको मन जित्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन l

काठमाडौँ तारकेश्वर नगरपालिका चौगाउँका स्थायी बासिन्दा खम्बे सानै देखि कलाकारितामा रुचि राख्दै आएका थिए l कलाकारितालाई निरन्तरता दिदै आएका उनले पछिल्ला दिनहरुमा एक पछि अर्को चर्चित हास्य टेलिचलचित्रहरु निर्माण गर्दै आएका छन् l उनि एक निर्माता निर्देशक कलाकार मात्र नभएर समाजसेवीको रुपमा समेत त्यतिकै परिचित छन् l

कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दारका निर्माता निर्देशक तथा चर्चित पात्र समेत रहेका उनले टेली चलचित्र मार्फत नेपाली जन समुदाय माझ सदभाब, एकता तथा भाइचाराको संदेश समेत फैलाउदै आएका छन् l उनले हर्के हल्दार संगै नेपाल टेलिभिजन बाट प्रसारण हुने हास्य टेलिचलचित्र “झट्का” को समेत निर्माण तथा निर्देशन गरेका छन् भने रमाइलो टेलिभिजन बाट प्रशारण हुने माइकल ज्याक्सन समेत निर्माण गर्दै आएका छन् l

काठमाडौँको धर्मस्थलीमा आफ्नै सुटिङ स्टुडियो निर्माण गरेर विभिन्न म्युजिक भिडियो, टेलीचलचित्र, वृतचित्रहरु निर्माण गर्दै आएका बहुप्रतीभाका धनि कलाकार इन्द्र दोङ्ग लामा खम्बेले चाडैनै नेपाली चलचित्र समेत निर्माण गर्ने भएका छन् l संगीतमा समेत रुचि राख्ने खम्बेले आधा दर्जन गीतहरु बजारमा लिएर आईसकेका छन् l मिलनसार, हासिरहने मिजासिला स्वभाबका कलाकार खम्बे अन्य कलाकार तथा प्राबिधिकहरुको पनि प्रिय पात्रको रुपमा परिचित छन् l उनलाई khabar24nepal को तर्फ बाट पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना l

प्रतिक्रिया दिनुहोस