• २०८२ जेष्ठ ७ गते मङ्गलवार

मेस्सीको निर्णायक गोलले बार्सिलोनाको जित

पढ्न लाग्ने समय : १ मिनेट

५ फागुन, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल भलाडोलिडमाथि कठिन जित हात पारेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले रियल भलाडोलिडलाई १-० गोलको कठिन जित निकालेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले गोल गरे ।खेलको ४३औं मिनेटमा पेनाल्टीबाट मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनको गोलमा बार्सिलोनाले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो ।

खेलको दोस्रो हाफमा बार्सिलोनाले एकपछि अर्को उत्कृष्ट गोल गर्ने अवसर खेर फाल्यो । खेलको ८५औं मिनेटमा बार्सिलोनाले पुन पेनाल्टी पाएको थियो । यसअघि पेनाल्टीबाटै गोल गर्दै अग्रता दिलाएका मेस्सी यो पटक भने पेनाल्टीमा सफल हुन सकेनन् । उनले पेनाल्टीबाट गोल गर्न मिस गरेसँगै बार्सिलोनाले दोब्बर अग्रता बनाउनबाट चुकेको थियो ।

प्रतिक्रिया दिनुहोस