• २०८० चैत्र ३० गते शुक्रवार

बाँके ट्राफिकले दुर्घटना न्युनिकरणका लागि सुरु गर्यो हरेक दिन प्रशिक्षण कार्यक्रम

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा (क्राईमबिट)

मंसिर ३०, नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी दुर्घटना न्युनिकरणका लागि नयाँ अभियान सुरु गरेको छ। जिल्लामा बढदै गएको दुर्घटनालाई न्युनिकरणका लागि बाँके ट्राफिकले हरेक दिन प्रशिक्षण कार्यक्रम सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले बताए।

उनका अनुसार बाँके जिल्लाभर रहेका ट्राफिक प्रहरी बिटले समेत प्रशिक्षण कार्यक्रम दिने छन् ।प्रशिक्षण कार्यक्रममा विद्यार्थी, सवारी चालक र अटो चालक, सम्बन्धित स्थानका स्थानियहरुलाई समेत दुर्घटना न्युनिकरणका बारेमा जनचेतना दिइने भएको छ।

ट्राफिक प्रहरीले केही दिन अघि देखीनै सो कार्यक्रम सुरु गरिसकेको छ। दुर्घटना न्युनिकरणमा सहयोग पुगोस भनेर यस्ता खाले कार्यक्रम लिएर आएको र यसले जनचेतनामा समेत अभिबृद्दी हुने ट्राफिक प्रमुख बमले बताए।

प्रतिक्रिया दिनुहोस