• २०८१ बैशाख १३ गते बिहिवार

तारकेश्वर-३ मा आजबाट गर्भवती महिलाहरुलाई निशुल्क भिडीयो ऐक्स रे सञ्चालन

पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ३०, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ३ ले गर्भवती महिलाहरुलाई निशुल्क भिडीयो ऐक्स रे सेवा र जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

तारकेश्वर नगरपालिका वडा न. ३ स्थित जितपुरफेदी स्वास्थ्य चौकीमा आज विशेष कार्यक्रमको आयोजना गरि आजबाट गर्भवती महिलाहरुलाई निशुल्क भिडीयो ऐक्स रे सेवा सञ्चालन गरिएको हो । तारकेश्वर नगरपालिकाको उपमेयर भवानी डोटेल र तारकेश्वर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मनोहरी तिवारीले सम्युक्त उद्घाटन गरि आजदखि निशुल्क भिडीयो ऐक्स रे सेवा सुरु गरेका हुन । कार्यक्रममा स्वास्थ्य चौकी समिती सदस्य गोपाल प्रसाद गजुरेल, भवनाथ गजुरेल, डा. सुरज शर्मा , डा. नितु लिम्बु, तारकेश्वर नगर स्वास्थ्य समिती प्रमुख नारायण मास्के लगायतको उपस्थिती रहेको थियो ।

स्वास्थ्य केन्द्रमा ल्याव सुबिधा भएपनि दक्ष जनशक्रिको अभाव रहेकोमा तारकेश्वर नगरपालिकाको ध्यानाकर्षण गराउदैं वडा अध्यक्ष तिवारीले गर्भवती महिललले उपचारका लागि टाढा जानु पर्ने समस्याको अन्त्यका लागि यो सेवा ल्याइएको बताउनु भयो । सबै स्वयमसेविका र जनप्रतिनिधीहरुलाई यस कार्यमा सहकार्य गर्न अनुरोध गदैं उहाले हप्तामा ३ दिन सञ्चालनमा रहेको ल्याव नियमित सञ्चालनमा आउने वातावरण बनाउन तारकेश्वर नगरपालिकासंग आग्रह गर्नु भयो । उहाले जेष्ठ नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिने भन्दै टोल टोलमा गएर जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी डोटेलले तारकेश्वर नगरपालिकाको स्वास्थ्य सेवा देशभरिको स्थानिय निकायको स्वास्थ्यसेवामा उत्कृष्ट भएको बताउदैं आफ्नो घर दैलोको स्वास्थ्य केन्द्रमा यति राम्रो सुविधा हुदाहुदैं पनि हामिले उपयोग गर्न नसकेकोमा दुखेसो व्यक्त गर्नुभयो । उहाले ”अस्पतालको पहिलो चरणको सेवा हाम्रै घर दैलोमा पाउने भएपनि हामी यहा सेवा नलिई अन्यन्त्र दौडिरहेका छौं ।” उहाले जेष्ठ नागरिकलाई घर परिवारबाट राम्रो व्यवहार र स्वहार सुसार नभएमा तारकेश्वर नगरपालिकाको कार्यालय वा वडा कार्यालयमा उजुरी गरेमा तुरुन्त न्याय पाईने बताउनु भयो ।

कार्यक्रममा गर्भवती महिलाको स्वास्थ्य जाँच गरिनुका साथै गर्भवती महिलालाई पोषण युक्त चटपटे समेत खुवाइएको थियो । यस्तै कार्यक्रमामा वृद्धवृद्धाहरुको स्वास्थ्य जाँच गरि सबैलाई १-१ वट्टा चेवनप्रास वितरण गरिएको थियो । कार्यक्रम जितपुरफेदी स्वास्थ्य चौकीका इन्चार्ज सत्य नारायण शाहले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस