• २०८२ जेष्ठ ७ गते मङ्गलवार

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, ३० काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा एक–एक खेल हुनेछन् । पहिलो खेलमा त्रिभुवन बर्मी क्लब र फ्रेण्ड्स क्लबबीच दिउँसो साढे १२ बजे एन्फा कम्प्लेक्समा हुनेछ ।

यस्तै, दोस्रो खेल संकटा क्लब र च्यासल युथ क्लबबीच दिउँसो साढे २ बजे दशरथ रंगशालमा हुनेछ । लिगमा १४ क्लबको सहभागिता रहेको छ । विजेताले लिग ट्रफीसहित नगद ५० लाख हात पार्नेछ ।

प्रतिक्रिया दिनुहोस