मंसिर, ३० काठमाडौँ । सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले चलचित्र विकास बाेर्डका कार्यकारी अध्यक्ष एवं वरिष्ठ चलचित्रकर्मी केशव भट्टराईकाे निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
उहाँले श्रद्धाञ्जली व्यक्त गर्दै भन्नु भएको छ, ‘अत्यन्तै दु:खत् खबर, चलचित्र विकास बाेर्डका कार्यकारी अध्यक्ष एवं वरिष्ठ चलचित्रकर्मी केशव भट्टराईकाे असामयिक निधनकाे खबरले स्तब्ध भएकाे छु ।उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शाेकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’