• २०८१ फाल्गुन ७ गते बुधवार

कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका दुई जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०, काठमाडौं । कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका-८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको हो ।

प्रहरीका अनुसार अक्सिजन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यद्यपि मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको छ । उनीहरु राति सुत्ने बेलामा तावामा कोइला बालेर सुतेका थिए । आमा-छोरा खाटमा तथा श्रीमान नवराज रञ्जितकार भुइँमै ओछ्यान लगाएर सुतेका थिए ।

प्रतिक्रिया दिनुहोस