• २०८१ बैशाख १३ गते बिहिवार

नेपालको विकास र सम्मृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई छुने : नेता बामदेव गौतम

पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई छुने बताएका छन्।

गौतमले जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउने पनि दाबी गरे। विगतमा बुद्ध र सगरमाथाको नाममा नाम कमाउने काम भएको उल्लेख गर्दै अब भने समाजवाद निर्माण गरेर नेपालले विश्वसामु नाम कमाउने दाबी उनको छ। उनले भने ‘जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँछौ, ५ बर्ष सम्म राम्रोसंग काम गर्न पायौ भने ५ बर्षमा भारतलाई हामीले छुन्छौ’ उनले भने, ‘१० बर्षमा चीनलाई छुन्छौ, हामी यही बाटोमा अघि बढेर समाजवाद निर्माण गरेर देखाउँछौ।’

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले छिमेकी देशको आर्थिक विकासलाई छुने गरि मुलुक विकासको गतिमा अघि बढेको बताएका हुन्। उनले मुलुकको विकास र रक्षा गर्ने जिम्मेवारी युवा शक्तिको काँधमा आएको भन्दै योगदानका लागि सधै तयार रहन निर्देशन दिएका छन्। राष्ट्रिय युवासंघ नेपालको एकता पछिको यो पहिलो केन्द्रिय कमिटी पुर्ण बैठक अनुपम पार्टी प्यालेस बतिसपुतली काठमाडौमा बसेको हो । संघले भोली राष्ट्रिय भेला आयोजना गरेको छ । राष्ट्रिय युवासंघ नेपालको राष्ट्रिय भेलामा जिल्ला संयोजक र सह संयोजकहरु र प्रत्येक जिल्ला बाट साबिकका युवा संघ र वाईसिएलबाट एक एक जना महिला गरि एक जिल्ला बाट ४ जना र केन्द्रिय सदस्यको उपस्थिती रहने छ ।

प्रतिक्रिया दिनुहोस