• २०८१ माघ २६ गते शनिवार

बाजुरामा पहिलो पटक आलु मेला हुने

पढ्न लाग्ने समय : २ मिनेट
  • धर्म सुनार, खबर24नेपाल

असोज २९ बाजुरा । बाजुरामा सुदुर पश्चिमकै पहिलो पटक बडिमालिका आलु मेला २०७६ हुने भएको छ । पर्यटक गन्तव्य बोकेको सुन्दर ठाँउ कालाजग्रा फेदीमा रहेको ढम्कने गाउँमा कालाजग्रा माइ स आलुका परिकार खाउँ एक आलु परिकार अनेक भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सव कार्तिक २० देखि २२ गते सम्म संचालन हुने भएको छ । बडिमालिका नगरपालि र कृषि ज्ञान केन्द्र बाजुराको सहयोग र ढम्कने कृषि सहरकारी संस्थाको आयोजनामा उक्त मेला संचालन हुने बताइएको छ ।

बडिमालिका नगरपालिका वडा नम्मर ७ को संयोजन हुने मेलाको तयारीका लागि विभिन्न उपसमिति बनाइएका छन । समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, आलुखेती विस्तार हँदै जाँदा वडा नम्मर ७ ढम्कनेलाइ आलु गाउँका रुपमा परिचित गराउने तथा व्यावसायिकताको विकास उत्पादक कृषक र व्यापारीहरुको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले बताएको छ । मेला सफल बनाउनका लागि ढम्कने कृषि सहकारी संस्था लि का अध्यक्ष नर बहादुर रोकायाको संयोजकत्वमा ८५ सदस्यीय मूल आयोजक समिति समेत गठन गरिएको छ ।

आलुमेलालाई सफल बनाउनका लागि विभिन्न ११ वटा उपसमिति समेत गठन गरिएको छ । मेलाको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, विविध साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, रैथाने बालि तथा स्थानिय परिकारको खाना र विभिन्न झाकिहरु प्रदर्शनी रहेने मेला मुल व्यवस्थापन समितका अध्यक्ष नर बहादुर रोकायाले बताउनुभएको छ ।

मेला सम्पन्न गर्नका लागि करिव ११ लाख पाँच हजार खर्च लाग्ने र १२ लाख छ हजार आम्दानी हुने अनुमान गरिएको कोषाध्यक्ष रोकायाले जानकारी दिनुभयो । मेलामा ८ प्रकारका आलुका परिकार रहने अतिथि आवाश व्यवस्थापन उपसमिति संयोजक विष्णु धामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस