- धर्म सुनार, खबर २४ नेपाल
असोज २९ बाजुरा । रेडियो बुढीनन्दामा कार्यरत पत्रकार महेश कार्की माथि हातपात गर्ने दुई जना युवाहरुलाई प्रहरीले प्रक्राउ गरेको छ । गएराति खाना खान जाने क्रममा विशाल होटलमा भेटिएका केहि युवाहरुले अभिषेक होटलमा जाउ भन्दै लगेको र विच बाटोमा कुटपिट गरेको पिडीत पत्रकार महेश कार्कीले बताउनुभयो ।
अविशेक होटल तर्फ जाँदै गर्दा बुढीनन्दा क्याम्पसका स्ववियु सभापति केशर भाट भेटिए पछि निर्प मल्ल र जयस्थिति मल्ल लगायतका युवाहरुको समुहका विच झगडा भएको र छुट्याउने क्रममा पत्रकार कार्की माथि ढुङगा र लात्तिले हानेको पिडित पक्षले जनाएको छ । घाइते अवस्थामा रहेका पत्रकार कार्की र स्ववियु सभापति भाटको टाउकोमा गम्भीर चोट लागेकाले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले रिफर गरेको छ
। खाना खान जाने क्रममा मदिरा सेवन गरेका युवाहरुले कुटपिट गरे पछि पिडीत पत्रकार कार्की र भाटले प्रहरीमा दिएको जाहेरीका आधारमा हाल निर्प मल्ल र जयस्थिति मल्ललाई प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख रुद्रसिह धामीले बताउनुभयो । यता पिडक आरोपित मल्लद्वयले आफुहरुले हानेको स्वीकार्दै पत्रकार कार्की र भाट सहितले आफुहरु माथि प्रहार गरे पछि दोहोरो हानाहान भएको बताएका छन । यता पत्रकार कार्कीले भने मदिरा सेवन गरेका उनीहरुले आफ७त्रगयतसलाई निर्घात रुपमा कुटपिट गरेको बताउनुभएको छ ।