• २०८२ बैशाख १६ गते मङ्गलवार

प्रहरी निरीक्षक बिस्वकर्माको सक्रियतामा बालिका बेच्ने स्वयंसेवीका सहित ३ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

असोज २९, कैलाली । कैलालीको चुरे गाउँ पालिका सहजपुरबाट बालिका बेच्न खोज्ने गजार कि स्वयमसेबिका सहित ३ जनालाई फल्टुडे प्रहरीले पक्राउ गरेको छ। चुरे ६ गजार कि स्वयमसेबिका कलावती बोहरा (कल्पना) र शिखर न पा ३ डोटीका पदम र डम्मरी ताम्राकारलाई गत मंगलबार पक्राउ गरेको हो।

स्वयमसेबिकाले चुरे ६ गजारबाट १२ -१३ बर्ष कि दुइ बालिकालाई राम्रो घरमा विहे गरिदिने भन्दै ललाई फकाई बेच्न खोजि रहेका बेला ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीका प्रमुख माधव बिश्वकर्माले सहजपुरबाट सेटिङ गर्न नपाउँदै रंगेहात पक्राउ गरेको हो। कल्पना यस्तै काममा सक्रीय रहेको प्रहरीले बतायो । निज हरुलाई थप अनुसन्धानका लागी जि प्र का कैलाली पठाएको ईन्सपेक्टर माधव बिश्वकर्माले बताए।

प्रतिक्रिया दिनुहोस