• २०८२ जेष्ठ ७ गते मङ्गलवार

भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय घुस रकम सहित नियन्त्रणमा

पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय सूर्य प्रसाद मिश्र र दुर्गा प्रसाद चौधरी घुस रकम सहित नियन्त्रणमा लिईएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा,  कपिलवस्तुका खरिदारद्वय  सूर्य प्रसाद मिश्र  र दुर्गा प्रसाद चौधरीले जग्गाको मोही नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरू खरिदारद्वय  सूर्य प्रसाद मिश्र र दुर्गा प्रसाद चौधरीलाई सेवाग्राहीसँग रु.६,०००।–(छ हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित निजहरूलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको  अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस