• २०८१ जेष्ठ १४ गते सोमवार

काठमाडौंबाट ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, काठमाडौं । ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-६ बस्ने दोलखा घर भएका ४० बर्षीय पेम्बा दोर्जे शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको फैसलाले १ वर्ष कैद र नगद ११ लाख रुपैयाँ जरिवाना भई फरार रहेका शेर्पालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।

शेर्पालाई काठमाडौं जिल्ला अदालत मार्फत मंगलबार कारागार कार्यालय डिल्लीबजारमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस