• २०८१ जेष्ठ ११ गते शुक्रवार

चार किलोग्राम चरेससहित २ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २९ काठमाडौँ, । मङ्गलबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले चार किलोग्राम चरेससहित दुई जना युवालाई पक्राउ गरेको छ ।

अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई लागुऔषध ऐन, २०३३ अन्तर्गत मुद्दा चलाइने वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस