• २०८१ जेष्ठ ७ गते सोमवार

स्वीट्जरल्यान्डसँग आयरल्यान्डको हार

पढ्न लाग्ने समय : २ मिनेट

असोज २९, काठमाडौं । आयरल्यान्डले युरोकपमा छनोट हुन अर्काे खेल कुर्नुपर्ने भएको छ । घरेलु टोली स्वीट्जरल्यान्डसँग २–० ले पराजित भएसँगै आयरल्यान्डले विश्वकपमा छनोट हुन अर्काे खेल कुर्नुपर्ने भएको हो ।

समूह ‘डी’ मा शीर्षस्थानमा रहेको आयरल्यान्डको ७ खेलबाट १२ अंक छ । अब आयरल्यान्डको छनोटको अन्तिम खेलमा डेनमार्कसँग खेल्दैछ । यस खेलमा जित हात पारे आयारल्यान्ड युरोकपमा छनोट हुनेछ । पराजित भएको अवस्थामा अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

मंगलबार राति भएको खेलमा घरेलु टोली स्वीट्जरल्यान्डले खेलको १६औं मिनेटमा हरिस सेफेरोभिकको गोलबाट अग्रता लिएको थियो । ७६औं मिनेटमा आयरल्यान्ड १० खेलाडीमा समेटियो । सिमस कोलेमन दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसैमा प्राप्त पेनाल्टीमा रिकार्डाे रोड्रिग्वेज चुके ।

तर, इन्ज्युरी समयमा सेन डफीले आत्मघाती गोल गरेपछि स्वीट्जरल्यान्ड २–० ले विजयी हुन सफल भयो । जितपछि स्वीट्जरल्यान्डले युरोकपमा छनोट हुने सम्भावना जीवितै बनाएको छ । दुई खेल बाँबी रहेको स्वीट्जरल्यान्ड ६ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

यही समूहको अर्काे खेलमा जर्जियाले जिब्राल्टारलाई ३–२ ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस