• २०८२ बैशाख १७ गते बुधवार

आज नेकपाको शुभकामना तथा चियापन कार्यक्रम

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २९ काठमाडौँ, । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रममा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस