• २०८० फाल्गुन १३ गते आइतवार

बाँके ट्राफिक र यातायातले संयुक्त चेकिङ गर्दा दर्जनौं सवारी साधन कार्वाहीमा

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

भदौ ३०,बाँके । नेपालगन्जमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र यातायात ब्यवस्था कार्यालय बाँकेको संयुक्त टोलीले आज नेपालगन्जको विभिन्न रोड टोलमा सवारी साधनहरुको चेकिङ गरेको छ।

संयुक्त टोलीले ईजाजत बिना संचालन भएका यात्रु बहाक सवारी साधन हरुलाई चेक जाँच गरेको छ । टोलीले बिना ईजाजत संचालन भएका १५ वटा सवारी साधन फेला परेको हो। बिना इजाजत चलेका सवारी साधनलाई यातायात ब्यवस्था कार्यालय बाँकेले जरीवाना गरी छोडेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बमले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस