• २०८१ जेष्ठ ७ गते सोमवार

समाज सेवामा पनि “कबड्डी कबड्डी कबड्डी” फिल्म

पढ्न लाग्ने समय : २ मिनेट
  • बिनोद दर्नाल, खबर24नेपाल

भदौ ३०, काठमाडौ । असोज ३ मा स्वजातिय प्रेम मौलिक विषयवस्तुलाई सशक्त ढंगले फिल्म बनाउन , समाज को कथा लाई फिल्म मार्फत व्यक्त गर्न माहिर निर्देशक रामबाबु गुरुङ्ग ले निर्देशन गरेको फिल्म ” लाई कबड्डी कबड्डी कबड्डी” यो बर्ष कै बहु प्रतिक्षित फिल्म हो ।

मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार ले फिल्म निर्माण गरेको फिल्म को टिजर , रिलिज देखी नै अत्यधिक चर्चा मा छ । पहिलो गीत , दुबो फुल्यो , तेसपछी र्याप शैली को सिर्स गीत रिली अनी ट्रेलर रिलिज पछी झनै दर्शक को कौतुहल्ता बढाएको छ । फिल्म रिलिज को संघार मा टिम ले प्रदेश १ को धरान मा “कबड्डी कबड्डी कबड्डी” हाजिरी जवाफ प्रतियोगिता समेत अयोजना गरी , बिद्यार्थी हरुलाई नेपाली फिल्म प्रती को आकर्सण बढाएको थियो भने यही टिम ले समाज सेवा मा पनि लागेको छ । चितवनमा निर्माण हुदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई तिन लाख सहयोग गरेको छ ।

आईतवार साझा सिनेमा आर्ट्स को कार्यालयमा धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई चलचित्रका निर्माता मणिराम पोखरेल,अभिनेता दयाहाङ राई र विल्सन विक्रम राईले तिन लाखको को चेक हस्तान्तरण गरेका हुन् ।दशैंको विदा ताक्दै असोज ३ गतेबाट प्रदर्शनमा हुन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्म हो। असोज ३ मा सोलो रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस