भाद्र ३०, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै राती देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी र मध्य भू-भागका थोरै स्थानहरूमामा भारी वर्षाको सम्भावना छ।
हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको छ र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ । बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ ।
हाल देशभरी आंशिक देखि सामान्य बदली भई पश्चिमी र मध्य-पश्चिमी भू-भागका जुम्ला, लमजुङ, कास्की लगाएतका जिल्लाहरूमा, मध्य नेपालको मकवानपुर, चितवन लगायत जिल्लाहरूमा र पुर्वी भुभागको मोरङ्ग, ईलाम, झापा लगाएतका जिल्लाहरूका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहितको वर्षा हुने साथै मध्य तथा पुर्वी भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।