• २०८१ माघ ८ गते मङ्गलवार

पत्रकार सुनारले यो पालिको तिजमा झुम्का लाउ भने प्रेमिकालाई ,

पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१ ,दैलेख । हिन्दु नारिहरुको महान चाड हो हरितालिका तिज । नेपाली गीत संगीतको कुरा गर्ने हो भने बर्षेनी हजारौँ गीत सँगीत लोक गीत सँग सम्बन्धीत गीतहरु बजारमा आउने गर्दछन । हरेक चाडपर्व सँग लक्षित गरेर पनि प्राय लोक लयका भाकाहरुले बजारमा तहल्का मच्चाएकै हुन्छन ।

यस्तै नेपाली नारिहरुको महान चाड हरितालिका तिज आउन सुरु हुनुभन्दा केहि महिना अधिदेखि तिजलाई लक्षित गर्दै दर्जनौँ तिज गीतका भाकाहरु बजारमा बज्न थालिहाल्छन । जसमा अधिकाँश लोक लयमा समर्पित हुन्छन । सोही क्रममा दैलेख जिल्लाका कुशल पत्रकार विशाल सुनार र आशा शाहीको अभिनयनमा ‘झुम्का लगाईदेउ’ बोलको तिज गीती एल्वम बजारमा आएको छ ।

जुन गीतका आवाज भरेका छन , कालिकोटमा जन्मिएका गायक महेन्द्र शाही ‘रास्कोटी’ र प्रतिमा विश्वकर्माले । गीत क्रियटिभ मिडिया एण्ड रिशर्च सेन्टरको प्रस्तुती र महेन्द्र शाही ‘रास्कोटी’कै नामबाट बजारमा आएको हो ।

गायक शाहीको नै शब्द तथा सँगीतमा रहेको उक्त गीत आशा शाहीले निर्देशन गरेकी छन । मान बहादुर शाहीले सम्पादन गरेको म्युजिक भिडियोको छायाँकन हेमन्त कँडेलले गरेको हुन । गीत ओली म्युजिक प्रा.लिको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियाे हेर्न लिङक खाेल्नुहोला।

<iframe width=”642″ height=”361″ src=”https://www.youtube.com/embed/XJQcm2Vz-3w” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

 

प्रतिक्रिया दिनुहोस