• २०८० मङ्सिर १५ गते शुक्रवार

सुरु भयो नेकपा सचिवालय बैठक

पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१, काठमाडौं । आज दिउँसो ३ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । हिजो विहीबारका लागि बोलाइएको बैठक प्रधानमन्त्री अस्वस्थ भएपछि आज शुक्रबार अपरान्हका लागि बोलाइएको हो ।

नेकपाको सचिवालय बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोख्रेल, माधव कुमार नेपाल, विष्णु पौडेल, राम बहादुर थापा र नारायणकाजी श्रेष्ठ सहभागी छन् । बैठकमा कार्यविभाजका बाँकी काम टुंगो लगाउने र स्कूल विभागको जिम्मेवारी तोक्ने छलफल हुनेछ । स्कूल विभागका लागि रक्षा मन्त्री ईश्वर पोख्रेल, नारायणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस