• २०८२ जेष्ठ २ गते बिहिवार

दैलेखमा जिप दुर्घटना , चालकको अबस्था गम्भिर

पढ्न लाग्ने समय : १ मिनेट
  • भावना हमाल,दैलेख समाचारदाता

साउन ३१, दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन घाइते हुनेमा तीन जना बालबालिका रहेका छन् । खरिगैराबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको बा १६ च ४३६६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना महाबु गाउँपालिका–२ मान्मामा भएको हो ।

दुर्घटनामा चालक रमेश केसीसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिप सडकबाटमा चिप्लिएर करिब १०० मिटर तल खसेको स्थानीयले बताए । सबै घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस