साउन ३१, काठमाडौँ । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई हिजो पक्राउ गरेको विराधमा आज चितवनमा आन्दोलन भैरहेको छ ।
नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् । उनिहरुलाई पक्राउ गरेर प्रहरीले चितवन लगेको छ ।
उनिहरुलाई प्रकाउ गरेको विरोधमा अहिले चितवनमा सर्वसाधारणको ठुलै भिड जम्मा भएको छ ।