• २०८१ फाल्गुन २ गते शुक्रवार

आजको मौसम : देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहितको हल्का देखि मध्यम वर्षा

पढ्न लाग्ने समय : २ मिनेट

श्रावण ३१, काठमाडौं । आज शुक्रबार दिउँसो देशका पश्चिमी भू-भागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहितको हल्का देखि मध्यम वर्षा हुनेछ। देशको  एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। यस्तै राती देशभरी सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी  तथा मध्य भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

मौसम विश्लेषण 

मनसुनको न्यून चापिय रेखा नेपालको पूर्वी  भू-भागमा औसत स्थान भन्दा उत्तर तर्फ रहको छ भने बाकी भू-भागमा औसत स्थानमा छ। मनसुनको न्यून चापिय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

देशभर समग्र मौसमको अवस्था 

हाल देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही  केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ, भने पूर्वी तराई आंसिक बदलि को अवस्था छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

मौसम पूर्वानुमान महाशाखाले देशको केही स्थानहरुमा मेघगर्जन रचट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन रचट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। देशको एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक बृद्धी हुन सक्ने भएकोले नदी आसपासमा रहनेहरु सतर्क रहन समेत अनुरोध गरेको छ । यसका साथै सडक यातायातमा पहिरो र भू(क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस