• २०८१ माघ ८ गते मङ्गलवार

सस्तो मूल्यमा सामान पठाइदिने भन्दै करिब ८० लाख रुपैयाँ भन्दा भढी रकम ठगी गर्ने कार्यमा संलग्न तीन जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, काठमाडौं । सस्तो मूल्यमा सामान पठाइदिन्छु भन्दै अनलाईनमार्फत विज्ञापन गरी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ खुशिवुबाट मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१६ खुशिवु नयाँबजार बस्ने भारत उत्तर प्रदेश घर भएका ३० वर्षीय आकिव जावेद, काठमाडौं क्षेत्रपाटी बस्ने महोत्तरी सोनमा गाउँपालिका- ७ घर भएका २० वर्षीय एमडी सगिर शेख र काठमाडौं महानगरपालिका-१६ खुशिवु नयाँबजार बस्ने महोत्तरी गौशाला नगरपालिका-५ घर भएका २२ वर्षीय यमदादुल मोमिन रहेका छन् ।

मोवाईलबाट WhatsApp, IMO, Viber, Facebook लगायतका सामाजिक सञ्जालहरुमा तारा ग्याजेड्स नामक पेज बनाई बिदेशबाट ब्रान्डेड ल्यापटप, मोवाईल, क्यामेरा, घडी श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाईदिने विज्ञापन गरी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा खोजी तथा अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरिएको हो ।

उनीहरुले एक महिनाको समयमा ८० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस