असार ३१, ईलाम । ईलाम नगरपालिका-३ बाट सन्दकपुर गाउँपालिका-१ बस्ने ३५ वर्षीय राम कुमार राई र सोही ठाउँ बस्ने २७ वर्षीय कुमार फागो लिम्बुलाई ३ नाल भरुवा बन्दुक सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाम नगरपालिका-३ स्थित मकैबारी बस्ने सोनम फागो र खड्ग राईको गोठमा सोमबार राति उक्त हतियार लुकाई गोठमा लुकीछिपी बसेको अवस्थामा राम कुमार र कुमार फागोलाई फेला पारी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।